Tuesday, March 30, 2010

Its Me

Hi all, Its me Pralad Timalsina From Nijgadh Bara. i am currently studying in Kathmandu.

My Basic Information

Gender:
Male
Current location:
Kathmandu, Nepal
Birthday:
17 February 1991

Interested in:
Blogging

Looking for:
Friendship
Dating
Networking
Religious views:
all are same

Personal Information

Personal information

Favourite Music:
Hiu vanda chiso of unity, Ritu haru ma timi of arun thapa
Favourite Films:
the Yug dekhi yug samma, tarae zamin par ..........

Contact Information


Email:
Praladtimalsina@yahoo.com

Mobile number:
+9779849097002

Current address:
Nijgadh 5- Bara
Kathmandu, Nepal

Yahoo!:
praladtimalsina@yahoo.com

Gtalk :
Praladsharma@gmail.com


Website:
Nijgadh

Education and Work

Secondary School:

* Holy angels secondary boarding school '08


+2 : Vsniketan , kathmandu ( Minbhawan)

Tuesday, August 25, 2009

photo collectoin of jana andolon 2

Sunday, August 16, 2009

Fire on palden



Friday, August 14, 2009

“हे हावा”


हे हावा बेगसँगै उनकै आवाज बहाई ल्याउ है
हे बर्षा बर्षातसँगै उनकै स्वरुप बर्षाई देउ है

लेकबेंशी खर्क तिमीसँगै सिरसिर बही दिउँला
सागर बिच भुमरीको छालबनी बगी दिउँला
हे मौसम मेरो चिच्याई उनलाई सुनाई देउ है
हे बर्षा बर्षातसँगै उनकै स्वरुप बर्षाई देउ है

महासागरको भाबमा डुबी चोखो माया लाउँला
सयौं जुनी सँगै-सँगै जिउँने मर्ने कसम खाउँला
हे बादल तिम्रो घुम्टो उघारी उज्यालो छाई देउ है
हे बर्षा बर्षातसँगै उनकै स्वरुप बर्षाई देउ है
हे हावा बेगसँगै उनकै आवाज बहाई ल्याउ है
हे बर्षा बर्षातसँगै ....................


- अर्जुन दुङमेन्, बगदाद।

Wednesday, August 12, 2009

पाटन मन्दिर

Tuesday, August 4, 2009

ग़ज़ल




जन्मलिंदा जीवन दुईदिने चोला नै हो
बगिजाँदा जीवन बगिजाने खोला नै हो

कती हिंड्नु जीवन रित्तिएर गोरेटोमा
बोकी हिंड्दा जीवन बोकीदिने झोला नै हो

काँच निर्मित जीवन सजाएर राखिएको
ठोकी दिंदा जीवन फुटिदिने लोला नै हो

मूल्यहिन जीवन मानिदैंन कसैलाई
बुझुदिंदा जीवन सुन् सरीको तोला नै हो

अजम्बरी जीवन बाँचीदिन्छ जीवन अटल बनेर
आईपर्दा जीवन पड्की दिने गोला नै हो ।

- अर्जुन दुङमेन्
बगदाद ।

ग़ज़ल

आफै पनि खै अब त हराए झै लाग्छ
हृदय भित्र हृदय तिम्रो पुरानो झै लाग्छ

आँखै आघि तिम्रो तस्विर पोतिएर आए पनि
आँखा आँखा जोड्ने इच्छा सेलाए झै लाग्छ

विरहका गित सँगै आँशु तिम्रा पग्लेपनि
कोलाज गजल लेख्ने मुटु भत्किए झै लाग्छ

हृदय मन्दिर् हृदय सँगै वस्ने रहर पोखे पनि
हृदय-हृदय जोड्ने रहर ओइलाए झै लाग्छ

Sunday, August 2, 2009

Many children are joining YOUTH FORCE and YCL

Political parties have increasingly used children for their protest programs and rallies. If the use of children was limited to inflating the numbers in mass gatherings in the past, the parties and other agitating groups have now been using children even to enforce bandas and chakka jams.

Many school students were used by the Unified Communist Party of Nepal (Maoist) in its sit-in in front of the District Administration Office, Parsa on Wednesday while the students were lured into the program in Chitwan with assurance of snacks. Students were similarly found to have been used in several neighboring districts.

Such exploitation of children is not confined to the Maoists alone and other big political parties are also following suit. The Communist Party of Nepal (Unified Marxist Leninist), CPN-UML, also used students to welcome president Jhala Nath Khanal on his May 4 visit of Nijgadh getting Nijgadh Resources Centre to close 12 schools.

The students were forced to wait for hours in the blazing sun with flowers in hand to welcome Khanal having left home in the morning to study. “This act of using students by getting schools closed made a mockery of children´s rights,” fumes Bara´s rights activist Bidur Khadka.



Khadka says the use of children in such political programs and street protests has become a fashion in the recent past. “They are used to enforce bandas by handing them sticks thereby putting both the common people and the children themselves at a great risk,” Khadka adds.

During the recent Tharu protests, tension flared up in Chhatapipra, Bara when a child hit a cyclist on his head for violation of the banda. The man got off his cycle, snatched the child´s stick and threatened to hit back igniting tension. “The tempers cooled down only when the protestors realized their mistake in time,” Khadka recalls.



The Madhesi parties have also been using children in their political programs. The stick-wielding children are used, from burning tires to deflating wheels of vehicles by the parties. A child had even hit a journalist´s motorcycle saying he had no regards for press even during the Madhes movement in the past.

Since every party uses children during their programs and therefore no one is taking any initiative to stop the trend. “This trend has vitiated the environment in schools and resulted in political clashes among the school students,” rues President of Bara-based Mechi Kali Media Society, Bhojraj Bhattarai.

Saturday, August 1, 2009

बारामा कमिशनको खेल

बारा । स्थानीय निकाय संचालनको लागि सरकारले जारी गरेको निर्देशिका विपरित जिविसको सिफारिसमा कोष तथा लेखा नियन्त्रण कार्यालयले गाविसलाई कमिसनको भरमा प्रकृया नपुर्याउँदै निकासा दिएको छ ।
गाउँमा राजनीतिक दलका प्रतिनिधिबिचको किचलोले परिषद् हुन नसकी र विभिन्न समुहको चन्दा मागका कारण समयमै निकासा हुन बाँकी रहेको गाउँको बजेट असारको अन्तिम मंगलवारसम्म्ा कमिसनको भरमा प्रकृया नपुर्याउँदै निकासा दिएको पाईएको छ ।
केहीको प्रकृया पुगेपनि केहीको हकमा व्यवहारिकताको आधारमा निकासाको लागि सिफारिस गरिएको जिविसका लेखापाल प्रेमप्रसाद कुर्म्र्ाीले बताए उनले गाविसको फाईल देखाउन नमिल्ने बताए । बारा जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कमिसनको चर्चा भएपनि त्यसबारे आफूलाई थाहा नभएको बताए । तर सचिवहरुले उनको नामले खाता भएको कारण उनलाईनै कतिले नगद तथा कतिले अग्रिम चेक दिएको बताउँछन् । १७ हजार तय भएकोमा १५ हजार तिरी दर्ुइ हजार बाँकी रहेकोमा सोको लागि अझै ताकेता गरिरहेको गाविसका एक कार्यालय सहायकले बताए । उनको र गाविस सचिवको संयुक्त नामले पुरै गाविसको खाता संचालन छ । रकम फि्रज हुने भएपछि राजनीतिक दल, गाविस, जिविस र कोलेनिका प्रमुखको सहमतिमा गाविसको दोस्रो र तेस्रो किस्ताको रकम असार अन्तिममा -३० गतेसम्म) निकासा भएकोे हो । बारामा ९८ गाविस छन् । कतिपयको तिनै किस्ताको रकम निकासा भएको हो । विकास बजेट खर्च गर्न गाउँ परिषद्बाट पारित योजना, गत वर्षा खर्च बजेटको लेखापरिक्षण, योजनाको मुल्याङ्कन सहित पेस्की र्फछ्यौट र प्रगति विवरण पेस नगरेसम्म बजेट निकासा दिन नमिल्ने सरकारी निर्देशिकामा उल्लेख छ । लेखापरिक्षण अधिकारी टिना सुवेदीले विशुनपुर, फेटा, कवहीजब्दी लगाायतका थुप्रै गाविसको लेखापरिक्षण नभएको बताईन् । जिविसकार् इन्जिनियर राजेशलाल कर्ण्र्ाा कुनै गाविसको मुल्याङ्कन नभएको बताए । यसैगरी दर्ुइ गाविस एक्लै संचालन गर्दै आएका एक गाविस सचिवले प्रकृया पुगेको गाविसको हकमा १७ र नपुगेको हकमा २२ हजार दामासाहीरुपमा गाविस बोर्ड प्रतिनिधिको सल्लाहमा जिविसलाई दिएपछि निकासा भएको बताए । मटिआर्वा, धर्मनगर, कचोर्वा, कुडवा, विशुनपुर, पर््रर्शुरामपुर, पटर्ेवा, पत्रहटी लगायतका गाविसबाट सो कमिसन दिएको हो । यसरी १६ लाख ६६ हजारदेखि २१ ल्ााख ५६ हजार रकम कमिसनमा खर्चिएको छ । ती रकमबाट जिविसका स्थानीय विकास अधिकारी ४०, योजना अनुगमन तथा प्रशासकीय अधिकृत २०, लेखा र योजनाशाखा २०,कोलेनिकाले २० प्रतिशतको हिसाबले बाँडफाँड गरेको स्रोतले बताएको छ । यति रकमको लागि पुरै बजेट फि्रज हुने निश्चित भएपछि अन्तिममा सो रकम दिएको उनले बताए । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख लक्ष्मी चौधरीले जिविसको सिफारिससंगै विश्वासको आधारमा आफुले निकासा दिएको बताए । उक्त सिफारिससाथ गाविसको लेखापरिक्षण, मुल्याङ्कन, प्रगति, परिषद् सहितका कागजात संलग्न गरी जिविसले कोलेनिका पठाउनुपर्ने हुन्छ तर त्यसो नगरी सिधैं सिफारिस पत्र पर्ठाईएको आधारमा निकासा दिएको जिविस स्रोतले बताएको छ । यता गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष शिवदयाल पासवानका अनुसार गाउंँमा योजनासंगै बजेट बाँंडफांँडमा दलहरुबीच विवाद भएको कारण अधिकांस गाविसको गाउं परिषद हुननसकी अहिले निकासाको लागि सचिवहरुले सो रकम खर्चिनु परेको बताए । आर्थिक वर्षो अन्तिममा बजेट निकासा भएपनि ती बजेट दुरुपयोग हुने निश्चित छ । वषर्ा याममा सडक, पुल, सिचाईको काम गर्न अप्ठ्यारो हुने भएकोले बजेट दुरुपयोग हुने सम्भावना बढेको र्सवसाधारणहरु बताउँंछन् । यसैबीच जिविसलाई प्राप्त साढे ९० ल्ााख सरकारी विकास अनुदानको रकम दलहरुकै सहमति अनुसार विभिन्न उपभोक्ता समितिलाई दामासाही गरी पेश्की बाँडिएको योजना शाखाका सुब्बा वीरेन्द्र कुसवाहाले बताए । सडक, कर्ल्भर्ट, विद्यालय भवन निमार्ण्र्ाा सिंचाइ शर्ीष्ाकको सो रकम फि्रज हुन लागेकोले वितरण गरिएको उनले बताए । यसरी विभिन्न योजनाको करोड भन्दा बढी रकम ठेकेदारलाई बैंक ग्गारेन्टीमा फ्रीज नहोस भनेर बाँडिएको जिविस बोर्ड प्रतिनिधि अद्ययानन्द पाण्डेले बताए । विकास अनुगमन समितिका संयोजक समेत रहेका पाण्डेले विकासका लागि बाँडिएको रकमबाट विकास भए नभएको अनुगमन गर्ने बताए । कलैया-बघवन, मानमत -मटिअर्वा, गण्डक-कवही सडक निर्माणको लागि रकम दिईएको उनले जानकारी दिए ।

डाक्टर नहुदा उपचार सेवा प्रभावित

निजगढ ।
प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा लामो समयदेखि डाक्टर नहुदा उपचारका लागि यस क्षेत्रका एक दर्जन गाबिसका लाखौ मानिस बिरामी पर्दा बिरगन्ज पुग्न बाध्य हुनु परेको छ ।
स्थापना हुदा खुसी भएका निजगढ आसपासका स्थानीयवासिन्दा अहिले केन्द्रमा डाक्टर नहुंदा आफ्नो स्वास्थ्य उपचार गराउन बाहिर धाउन थालेका छन् ।
२०५३ सालमा स्थापित सो केन्द्रमा तीन वर्षेखि डाक्टर छैनन् । २०६३ पुस डाक्टर राजदेव कुश्ावाहा सरकारी कोटामा अध्ययनको लागि अन्यत्र गएपछि यहां समस्या भएको केन्द्रमा कार्यरत अनमि सोना शर्माले बताईन् । कुश्ावाहाको दरवन्दी केन्द्रमै छ । वीच वीचमा केही समयको लागि केन्द्रमा डाक्टर आएपनि तुरन्तै माथिबाट तान्ने हुँदा उपचार सेवा प्रभावित भएको उनी बताउंछिन् ।
क्षेत्रीय अस्पताल हेटौडामा डाक्टरको लागि कैयौ पटक धायौ, विभागबाट कोटा ल्याउनु भनेर फर्काईदिन्छ, विभागमा जांदा हामी आफै पठाउंने भन्ने गरेको उनले भनिन् । अहिले सो केन्द्रमा स्वास्थ्य सहायकले काम चलाउने गरेका छन् । उपचार भरपर्दो नभएको उपचारको लागि धाई रहेकी निजगढ ५ की उर्मिला र्राई बताउंछिन् । केन्द्रमा डाक्टर सहितको १३ जनाको दरवन्दी भएपनि अहिले आठ जना मात्र छन्, डाक्टरकै अभावले रतनपुरी-१ का २५ वषिर्य रामप्रसाद कुंवरको र्सपको टोकाईले गत सोमबार मृत्यु भएको केन्द्रका ग्रामीण स्वास्थ्यकर्ता बच्चु चौधरीले बताए । डाक्टर नभएर हामी बाहिर पर्ठाईदियौ, उपचारमा ढिलाई भएकोले उनको मृत्यु भयो चौधरीले भने । जङ्गलसंगै रहेको गाउंका आसपासबाट बढ्दो गर्मीले र्सपको विगविगी बढेपछि र्सपदंशका दैनिक तीन/चार विरामी यहां आउने गरेको उनले बताए ।
केन्द्रमा निजगढ आसपासका विकट गांउ रतनपुरी, लाल, वाग्देव, भरतगंज सिङ्गौल, धियाल, टांगीयाबस्ती, डम्बरपुर लगायतका दैनिक सयौ विरामीहरु यहां आउने गरेका थिए । त्यसो त डाक्टर नभएपछि अरु कर्मचारीपनि बस्ने नगरेको र क्लिनिकमै बसेर दिन बिताउने गरेको आरोप लगाईएको छ । नजानेको र साधन स्रोत नभएपनि सबै प्रकारका चिरफार र काम गर्ने गरेका कारण धेरैले दुःख पाउने गरेको बताईएको छ ।

Thursday, July 30, 2009

कबिता


उक्त रचनाहरु इराकको राजधानी बगदादबाट प्रकाशित नेपाली साहित्यिक पत्रिका "कञ्चन साहित्य पाक्षिक" मार्फत प्रकाशित गरिएका हुन। तपाईंले पनि आफ्नो नेपाली साहित्यका बिभिन्न बिधागत भावहरु सो पत्रिका मार्फत प्रकाशनको निम्ति "info@nijgadh.com ,kanchansahitya@gmail.com ,arjun.bantawa@gmail.com,"मा पठाउँन सक्नु हुनेछ।

ग़ज़ल



साथीहरुले कञ्चन साहित्य इराकमा प्रकाशन गर्नु हुन्छ |
उक्त रचनाहरु इराकको राजधानी बगदादबाट प्रकाशित नेपाली साहित्यिक पत्रिका "कञ्चन साहित्य पाक्षिक" मार्फत प्रकाशित गरिएका हुन। तपाईंले पनि आफ्नो नेपाली साहित्यका बिभिन्न बिधागत भावहरु सो पत्रिका मार्फत प्रकाशनको निम्ति "info@nijgadh.com ,kanchansahitya@gmail.com ,arjun.bantawa@gmail.com,"मा पठाउँन सक्नु हुनेछ।

Thursday, July 9, 2009

बन्यो मेरो नयाँ साईट

बन्यो मेरो नयाँ साईट nijgadh अब केही दिन मा नै सन्चालन हुन्छ

Tuesday, July 7, 2009

निजगढमा आफ्नै बाबुले नाबालक छोरीको घाँटी रेटी हत्या

निजगढ स्थित अवतार टोलको आफ्नै घरमा सुतिरहेको अवस्थामा आठ वर्षिया पुणिर्ता भण्डारीलाई धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको छ । हत्याको आरोपमा बालिकाका बाबु महेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । भण्डारीले आफूले नै हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन् । तर आफ्नै छोरीलाई यस्तो निर्दयी तरिकाले हत्या किन गरियो भनेर केही खुलाइएको छैन ।

बालिका पुणिर्ता स्थानीय आदर्ष एकेडेमीमा अध्ययनरत थिईन । बालिकाकी आमा आफन्तको घर हेटौंडा गएको बेला घटना भएको हो । घट्ना सुनेर फर्केपछि उनी अचेत भएकी छिन् । शन्तिको देश, गौतम बुद्दको जन्मस्थल भनेर चिनिने हाम्रो देश नेपालमा यस्ता जघन्य अपराधहरु दिनहुँ तिव्र गतिमा फैलिरहेकोले नेपाली जनताहरु कसैले पनि शन्तिको आभास गरिरहेका छैनन् / उनको निजगढ़मा किताब पसल थियो /

Saturday, July 4, 2009

निजगढ़ को नया लिंक

निजगढ़ को नया लिंक www.nijgadh.com

फेरी अर्को ग़ज़ल

यती लामो यात्रा पछी छुट्टीनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ
आँफैसित जिन्दगीमा लटिनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ

त्यो रमाइलो यात्रा अनी रंगिन जीवन रंगिन संसार भनेउ तर
मन भित्र मनैवाट चुटिनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ

प्रेम, हाँसो, खुशी र चारैतिर मेरै मात्र प्रतिबिम्ब देखायौ तर
आफ्नै छायाँ सँग आँफै मेटिनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ

संगै बिताउला जिन्दगानी संगै तरौँला त्यो लामो नदी भनेउ तर
बिछोडको कराइमा भुटिनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ

Sunday, June 14, 2009

गजल


By; keshav gautam

आँखामा छचल्किएको आँशु पिएर हाँस्नुको के अर्थ ?
सँधै दुखाउने असंख्य चोट बोकेर वाँच्नुको के अर्थ ?

त्यागलाई प्रेमको आदर्सबादी नाम भन्छन
छातिमा आगो सल्काएर नाच्नुको के अर्थ ?

खुशी सबै लुटिलगे तिम्रा कुटिल स्वार्थहरुले
उमङ्गनै रित्तिएपछि प्रेमलाई साँच्नुको के अर्थ ?

जताततै रित्तिएको जिउदो लास हु म
मेरो गला रेटन तिम्रो झुटको तरबार आर्चाप्नुको के अर्थ ?

Wednesday, June 10, 2009

गजल

जिउदै मलाई जलाएर आफुखुशी मर्यौ कीन ?
खुशी सबै रित्याएर आख़िर बसाई सर्यौ कीन ?

जिन्दगिको सागरमा संगै शयर गर्छु भन्थेऊ
किनारमा मलाई छाडी एक्लै नदी तरेऊ कीन ?

मेरो संसार तिमिनै हौ कहिल्यै धोका दिन्न भन्थेऊ
हासो खुसी सबै लुटी आख़िर घात गरेऊ कीन ?

गुलाफको फुल हु म प्रेमको प्रतीक भन्थेऊ
बसन्तको हरियालिमा पात बनी झरेउ कीन ?

Monday, May 25, 2009

निजगढ़को फोटो





watch more photos of nijgadh

निजगढका गाउँलेहरुले पक्की कुलो बनाए

सरकारको सहयोग पाइएला भन्ने अपेक्षा गरेर बस्दा केही नलागेपछि निवगढका गाउँहरु एक आपसमा जुटेर पक्की कुलोको निर्माण गरेको प्राप्त समाचारले जनाएको छ। निजगढ दुई र पाँचका बासिन्दाहरुले पाँच किलोमिटर टाढा बकैया खोलाबाट पानी ल्याउन पक्की कुलो निर्माण गर्ने कार्यमा लागेका हुन्।

प्राप्त समाचार अनुसार करिब पैतीस लाख रुपैयाँ खर्च लाग्ने उक्त कुलो निर्माणमा स्थानीयबासिन्दाको प्रतक्ष श्रमदानका साथै प्रतिघर हजार रुपैयाँ पनि उठाएका छन्। बकैया-मोहरी नामकरण गरिएको उक्त कुलोले दुई सय हेक्टर जमिन सिञ्चित हुने जनाइएको छ।

प्राप्त जानकारी अनुसार उक्त कुलोको पुर्ण निर्माण पश्चात तीन सय किसानले हाल गर्ने गरेको उत्पादनमा दुई गुनाले बृद्धिहुने अपेक्षा गरिएको छ। यसका लागि यहाँका तीन सय घरमध्ये दिनहुँ सय जनाभन्दा बढी जनताहरु निर्माणकार्यमा लागेका छन्।

कुलो निर्माण समितिका अनुसार उपस्थित हुन नसक्नेले व्यक्तिले दैनिक एक सय रुपैयाँ बुझाउनुपर्ने नियम बसाइएको छ। सुख्खा क्षेत्रको रूपमा परिचित निजगढ बजारदेखि उत्तरको यस ठाउँमा सिँचाइको अभावमा यहाँका किसानहरू उखुमात्रै लगाउँछन्। त्यही उखु पनि सिँचाइ अभावले सुकेर खेर जाने गरेको छ। तर अब यसको निर्माणले त्यो पिडालाई पुर्णरुपले निराकरण गर्ने अपेक्षा गरिएको छ।

Tuesday, May 19, 2009

Sunday, May 17, 2009

कहा गय हाम्रो तपस्वी पाल्देन दोरजे लामा





निजगढ़ नजिकैको जंगलमा बसेका तपस्वी हर।ये

Monday, May 4, 2009

अभावै अभावमा सहिद-परिवार

लोकतान्त्रिक जनआन्दोलन ०६२/६३ का सहिद हीरालाल गौतमको परिवार यतिवेला आर्थिक अभावसँग संघर्ष गर्दै जीवन गुजार्दै छ ।
बारा, निजगढमा रहेको १२ जनाको संयुक्त परिवारलाई हीरालाल एक्लैको कमाइले जेनतेन धान्दै थियो । ४ वैशाख, ०६३ का दिन आन्दोलनकारीको जुलुसमाथि प्रहरीले अन्धाधुन्ध चलाएको गोली लागी सहिद भए हीरालाल । हीरालाल आफ्नो र परिवारको गुजाराका लागि सडकमा चनाचट्पटे बेच्थे ।

गरिबीका कारण स्थानीय विद्यालयमा ७ कक्षामा अध्ययन गर्दागर्दै विद्यालय छाडेर गौतम काममा लागेका थिए । 'आफ्ना तीन छोरीसहित आफूहरूलाई समेत खर्च पुर्‍याएको थियो,' सहिद-पिता षडानन्द गौतम भन्छन् ।

पति सहिद भएपछि एमाले नेता माधवकुमार नेपाल, प्रदीप नेपाल, पुरुषोत्तम पौडेललगायत नेताहरू उनको परिवारलाई घरमै भेट्न आएको सम्झँदै सहिद-पत्नी गायत्रीले भनिन्, 'माधव नेपालले सरकारले दिएको रकम हिनामिना नगर्नू, बालबच्चालाई राम्रोसँग हेर्नू र परिवारसँग मिलेर बस्नू भनेका थिए ।' भनिन्- 'सरकारबाट प्राप्त १० लाख र अन्य संघसंस्थाले दिएको तीन लाख रकमले १८ कठ्ठा जमिन खरिद गरेकी छु ।' उनमा सरकारबाट थप केही सहयोगको अपेक्षा छैन, केवल आफ्पmना तीन छोरीको शिक्षादीक्षाका लागि ध्यान दिए पुग्छ । 'छोरीहरूको भविष्य बने उहाँको आत्माले शान्ति पाउँथ्यो कि !'

आम्दानीको अन्य कुनै स्रोत नभएकाले जमिन जोडेको सहिद-परिवारले त्यही जमिनबाट उब्जनी भएको अन्न, सागसब्जीले घरखर्च चलाउनुपर्ने बाध्यता रहेको र खानसमेत मजदुरी गर्नुपर्ने अवस्था रहेको बताए ।
षडानन्दका चार छोरामध्ये जेठा ट्रकचालक, साइँला दाजुसँगै ट्रकमा सहयोगीका रूपमा काम सिक्दै गरेका र कान्छा गाउँमै ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएको उनी बताउँछन् । माइलो सहिद भएको सुनाउँदा उनका गहभरि पुत्रशोकको पीडा टल्पलाउँदै थियो ।
सहिद गौतमका तीन छोरीलाई गाउँकै होली एन्जल, विद्यासागर र सहिद मेमोरियल स्कुलले निःशुल्क शिक्षा दिइरहेको बताउँदै सहिद-पत्नी गायत्रीले भनिन्, 'बालबच्चाको शिक्षादीक्षाको सरकारले ग्यारेन्टी गर्नुपर्छ ।' धेरैले सहानुभूति र ठूला-ठूला आश्वासन दिए पनि कसैले, केही नगरेको, दुःखका वेला आएका उनीहरूको नामसमेत आफूहरूलाई थाहा नभएको उनी बताउँछिन् ।

आफ्ना सहिद श्रीमान्को स्मृतिमा सालिक बनाउने, स्मृतिकोष खडा गर्नेजस्ता आश्वासन सुनाइए पनि अहिलेसम्म त्यस्तो केही नभएको गायत्री जानकारी दिन्छिन् ।
बाराको निजगढबजारबाट झन्डै तीन किलोमिटरभित्र वागदेवमा रहेको सहिद गौतमको परिवार यतिखेर बाँच्नैका निम्ति ठूलो संघर्षमा छ ।

६० वष्रीय ससुरादेखि पाँच वर्षीया कान्छी छोरीसम्म सबैतिर ध्यान पुर्‍याउनुपर्ने सकसपूर्ण दैनिकी छ गायत्रीको । तैपनि, अवसर पाए केही काम गर्ने बताउँछिन् उनी । सहिदका दाजुभाइमध्ये एकलाई सरकारी नोकरी दिन उनी सरकारसँग आग्रह गर्छिन् ।
श्रीमान् गुमाउँदाको पीडा सुनाउँदै भन्छिन्, 'शरीरजस्तो शब्द कहाँ हुन्छ र ?' सहिद-पत्नी हुन पाएकामा भने आफ्ना श्रीमान्को जीवनोत्सर्गप्रति उनलाई गर्व पनि छ । परिवारमा सबैभन्दा मिलनसार, साहसी र दुःखदेखि कत्ति नडराउने स्वभावका हीरालाल अब परिवारको स्मृतिमा मात्रै छन् ।

पतिको शवयात्रामा हजारौँको उपस्थिति र उनले पाएको सम्मानबाट बाँच्ने बलियो आधार पाएको उनी बताउँछिन् ।
'आफ्ना पति देशका निम्ति सहिद भए पनि अब कसैका सन्तानले पुनः सहिद हुनुपर्ने अवस्था नआओस्,' उनी कामना गर्छिन्- 'देशमा राजनीतिक स्थिरता र शान्ति चाँडै छाओस् ।'
मुलुकको हालको अवस्थाप्रति अत्यन्त दुःखी सहिदपिता षडानन्दले तमाम सहिदको बलिदानबाट प्राप्त उपलब्धिको उपेक्षा नगर्न आग्रह गर्दै भने, 'सहमतिबाट अघि बढ्नुपर्छ, देशमा शान्ति ल्याउनुपर्छ ।'

Saturday, May 2, 2009

निजगढका जनआन्दोलन-२ का सहिद


जनआन्दोलन-२ का सहिद
हीरालाल गौतम
बारा निजगढ-२ वागदेवका २८ वषर्ीय हीरालाल गौतमको २०६२/६३को जनआन्दोलन-२ को निजगढ बजारमा निस्केको लोकतान्त्रिक र्‍यालीमा सहभागी हुँदा सुरक्षाफौजले चलाएको गोलीबाट मृत्यु भएको हो ।गोली लाग्नु अघि उनी निरकंुशताका विरुद्ध शंख फुक्दै थिए । कृषि विकास बैंकको छतमा रहेका सुरक्षाकर्मीले चलाएको गोली उनको कम्मरमा लागेको थियो । उनको घरमा ५५ वषर्ीय पिता ५० वषर्ीय आमा २५ वषर्ीय श्रीमती चार वर्षभन्दा मुनिका तीन नाबालक छोरीहरू छन् ।
निजगढ बजारमा ठेला राखेर परिवारको गुजारा चलाउँदै आएका उनी नेकपा एमालेका सामान्य कार्यकर्तासमेत थिए ।निम्न वर्गीय परिवारका उनको मृत्यु भएपछि उनका नाबालक छोरीसहित पूरा परिवार विचल्लीमा परेको छ । उनको सामान्य कमाइबाट सम्पूर्ण परिवारको गुजारा चल्ने गरेेको थियो । उनका नाबालक छोरीहरू घरमा आउनेहरूलाई बाबा खोइ ? भनेर सोध्न थालेको उनका छिमेकीहरू ब्ाताउँछन् । उनकी चार वषर्ीय छोरी बाबाले कापी कलम लेराउनुहुन्छ भन्ने आसमा बसेकी छिन् ।
निजगढ बजारभन्दा चार किमि उत्तरतर्फ रहेको उनको घरमा चौबीसै घन्टा रुव्ाावासी चल्ने गरेको उनका छिमेकी ब्ाताउँछन् । 'मेरो छोरालाई मारेर यो सरकारले के पायो', उनका वृद्ध पिता सबैलाई यही प्रश्न राख्नथालेका छन् । भन्छन्- 'परिवार भोकै रहँदा पनि लोकतान्त्रिक आन्दोलमा सहभागी भएर उसले गरेको बलिदान खेर नजाओस् । उनकी आमा साना नातिनीहरूलाई काख च्यापेर बाबु आउँछ भन्ोर फकाउन थालेकी छिन् । भन्छिन्- 'यी कलिला बच्चाहरूलाई टुहुरो पार्नेले माफी नपाओस् /

निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्डमार्कले पठायो प्रस्ताव

बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विस्तृत अध्ययनका लागि कोरियन कम्पनीले प्रस्ताव पठाएको छ । सरकारले कोरियन कम्पनी ल्यान्डमार्क वल्र्डवाइडसँग परियोजनाको विस्तृत अध्ययन प्रस्ताव मागेको थियो । आइतबार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव आइपुगेको हो ।

प्रस्ताव अध्ययनपछि विमानस्थल निर्माण विस्तृत अध्ययनका प्रक्रिया अगाडि बढाइनेछ । यसका लागि मन्त्रालयले ६ सदस्यीय टोली गठन गरेको छ । सो टोली संयोजकत्वमा नागरिक उड्डयन प्राधिकरणका सहसचिव नगेन्द्र घिमिरे रहेका छन् । संयोजक घिमिरेले वल्र्डवाइडले विस्तृत प्रस्ताव पठाएको जानकारी दिए ।

समिति सदस्यमा विमानस्थल इन्जिनियरिङ क्षेत्रबाट भरत केसी, सञ्चार तथा उड्डयन सहाय विनोनानन्द चौधरी, विमानस्थल सञ्चालन पक्षबाट त्रिरत्न मानन्धर एवं मन्त्रालयको कानुन शाखाका उपसचिव रन्जन खनाल रहेका छन् । समितिले वल्र्डवाइडले पठाएको प्रस्ताव र विश्वसनीयताबारे अध्ययन गर्नेछ ।

१८ महिनाअघि कोरियन कम्पनी वल्र्डवाइडले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रस्ताव राखेको थियो । मन्त्रालयले ल्यान्डमार्कसँग सम्झौता गर्न आवश्यक डकुमेन्ट तयार गरिसकेको छ । ६ महिनामा सो कम्पनीले विमानस्थल निर्माण विषयमा विस्तृत सर्भेक्षण तयार गर्नेछ । विमानस्थलको सम्भावित लागतसमेत प्रष्ट हुने गरी कम्पनीले दिएको प्रतिवेदनका आधारमा सरकारले अन्तर्राष्ट्रिय स्तरको टेन्डर आह्वान गर्नेछ ।

सरकारले लामो समयदेखि राजधानीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्दै आएको थियो । गत आर्थिक वर्षको बजेटमा बारामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया अगाडि सारिएको थियो । सरकारले विमानस्थल सर्भेक्षणका लागि अन्तर्राष्ट्रिय स्तरको कम्पनीलाई आह्वान गरेको थियो । निर्धारित समयमा एकमात्र कम्पनीले आवेदन दिए पनि पूर्वसरकाले आवश्यक प्रक्रिया अगाडि नबढाएको अवस्थामा २ पुसको मन्त्रीस्तरीय निर्णयले विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै काठमाडौं-बाराबीचमा फास्ट ट्रयाकसमेत निर्माण गरिनेछ । ट्रयाक निर्माणपछि काठमाडौंबाट बारा पुग्न बढीमा डेढ घन्टा लाग्नेछ । सो विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घट्ने अनुमान गरिएको छ । विमानस्थल निर्माणका लागि नेपाल सरकारले लगानी नगर्ने सोच अगाडि सारेको छ । अहिलेको अवस्थामा दुई विलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको सो विमानस्थल ३० वर्षसम्म निर्माण कम्पनीले सञ्चालन गर्न पाउने सोच मन्त्रालयको छ । यो अवधिपछि मात्र निर्माण कम्पनीले विमानस्थल सरकारलाई हस्तान्तरण गर्नेछ ।

विभिन्न मुलुकमा ठूला विमानस्थल बनाउन ख्याति पाएको ल्यान्डमार्कले सर्भेक्षणपछि पनि विमानस्थल निर्माण कार्य अगाडि बढाउने सोच बनाएको बताइन्छ । मन्त्रालय स्रोतका अनुसार, सर्भेक्षण गरेको कम्पनिलाई नै यस क्षेत्रमा कार्यरत अरु कम्पनीले प्राथमिकता दिने प्रचलन रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट हाल दैनिक १९ अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ । एक घन्टामा दुई हजार पाँच सय यात्रु ओहोरदोहोर हुने सो विमानस्थल साघुँरो बन्दै गएको छ । अहिले सो विमानस्थलमा सातवटा मात्रै विमान पार्किङ क्षमता छ । अत्यन्त साँघुरो र अव्यवस्थित एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा बारामा नयाँ विमानस्थल बनाउने सोच अगाडि सारिएको हो ।

तर्राई जोड्ने द्रुतमार्गको अध्ययन सम्पन निजगढमा

राजधानीलाई तर्राईसँग जोड्नका लागि छोटो र फराकिलो वैकल्पिक मार्गको रूपमा उत्तर-दक्षिण द्रुतमार्गको डिजाइन, निर्माण, सञ्चालन र वातावरणीय मूल्यांकन अध्ययन सम्पन्न भइसकेको छ ।

एसियाली विकास बैंकको प्राविधिक सहयोगमा सडक विभाग, भौतिक योजना तथा निर्माण मन्त्रालय र सरकारको संयुक्त प्रयासमा ६ महिनाको अन्तरालमा यो कार्य सम्पन्न गरिएको आयोजना निर्देशनालय काठमाडौंले जानकारी दिएको छ ।

सम्भाव्यता अध्ययनको पहिलो चरणमा चारवटा विकल्पको लेखाजोखा गरिएको र दोस्रो चरणको छनोट उपयुक्त विकल्पको विस्तृत इन्जिनियरिङ अध्ययनबाट मूल्यांकन र अध्ययन कार्य सफल भएको जनाइएको छ ।

नेपालको प्रचलित कानुन वातावरण संरक्षण ऐन २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ को नियमअनुरूप प्रस्तावित द्रुतमार्गको डिजाइन, निर्माण तथा सञ्चालन गर्ने कार्य सम्पन्न भएको हो । मूल्यांकनबाट द्रुतमार्गले प्रत्यक्ष प्रभाव पार्ने क्षेत्रमा बसोबास गर्ने वा कुनै पनि सरोकारवाला व्यक्ति, समूह वा संस्थालाई यस मार्गको परियोजनाको निर्माणबाट वातावरणमा पर्ने प्रभावका बारेमा समेत जानकारी गराइएको छ ।

यस आयोजनाअर्न्तर्गत पटके सवारी कर लिने नीतिअनुरूप काठमाडौं उपत्यकामा बाहय चक्रपथलाई महेन्द्र राजमार्गसँग जोड्ने चार लेनको अनुमानित ७६ दशमलव २ किमी लामो नयाँ सडक निर्माण गरिने जनाइएको छ । जुन सडक बाराको निजगढबाट ललितपुरको खोकना जोडिने छ । यो सडक खण्ड खोकना-ठिंगन खण्डमा बागमती नदीको किनार हुँदै जानेछ । ठिंगन-निजगढ खण्डमा सिमाट खोला र बकैया खोलाको किनार हुँदै जानेछ । यसै मार्गलाई मकवानपुरको हेटौंडा जोड्ने दर्ुइ लेनको अनुमानित १८ किमीको नयाँ सडक निर्माण गरिने छ । जुन बुधुने-हेटौंडा सडकखण्ड रहने छ । महेन्द्र राजमार्गको निजगढ-पथलैया सडक खण्डको १८ किमीलाई थप फराकिलो पार्न दर्ुइ लेनको सडक निर्माण गरिने जनाइएको छ ।

परियोजनाअर्न्तर्गत ठिंगनमा अनुमानित १ दशमलव ३ किमी लामो सुरुङ र सानाठूला गरी एक सय २० वटा पुल निर्माण हुनेछन् । सानो खोकनादेखि इमा पञ्चकन्या गाविसको रिथ खण्डमा द्रुतमार्गले बाग्ामती नदीलाई नौ स्थानमा पार गर्ने जनाइएको छ । यस्तै, यसले बकैया नदीलाई पाओसदेखि रतनपुरी गाविसको नेवारटोल खण्डमा आठपटक पार गर्नेछ ।
यस्तै, द्रुतमार्गमा सवारीसाधनको गति न्यूनतम ६० किमी प्रतिघन्टा र औसत ९० किमी प्रतिघन्टा रहने अनुमानसमेत गरिएको छ । सवारीसाधनलाई द्रुतमार्गमा प्रवेश गर्न वा बाहिर निस्कनका लागि पहिलो चरणमा बाहय चक्रपथ, बुधुने, श्रीपुर र निजगढमा तथा दोस्रो चरणमा कुलेखानी दोभान र बेसीटोल माल्टामा इन्टरचेन्जहरू स्थापना गरिने छन् । द्रुतमार्गको लागत ४८ अर्ब हुने प्ररम्भिक अनुमानसमेत गरिएको छ । यस मार्गले ललितपुर, काठमाडौं, मकवानपुर र बारा गरी चारवटा जिल्लाको भूभाग समेट्ने छ । यो मार्गको पहिलो ३० किमी साधारण तथा बाग्ामती नदीको दायाँ र बायाँ किनार भएर जाने छ । द्रुतमार्ग परियोजनाको कुल लम्बाइ एक सय १२ किमीमध्ये कृषि क्षेत्रले ओगटेको क्षेत्रमा ४४ किमी र वनले ओगटेको क्षेत्रमा ६४ किमी पाइएको जनाइएको छ ।

Monday, April 27, 2009

About Me


Hi ! This is pralad a Youth from nijgadh bara &
currently studying Computer science in kathmandu
website -http://hamronijgadh.blogspot.com
Email:pralad@nijgadh.com,info@nijgadh.com
mealoneboy@yhaoo.com



Wednesday, March 11, 2009

पर्याप्त बजेट भए काठमाण्डौ? निजगढ फाष्ट ट्रयाक चार बर्ष भित्रै

काठमाडौं माघ २८ । भौतिक योजना तथा निर्माण मन्त्रालयले सरकारले पर्याप्त बजेट छुट्ट्याएमा आगामी ४ बर्षभित्र राजधानीबाट तराई जोड्ने काठमाण्डौ-निजगढ ७६ किलो मिटर लामो फाष्ट ट्रयाक निर्माण सम्पन्न गर्न सकिने बताएको छ ।

व्यबस्थापीका संसद सार्वजानिक लेखा समितिको बैठकमा आज भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पूर्ण कडरियाले फाष्ट ट्रयाक निर्माण प्रकि्रया अगाडि बढाएको बताउनु भएको हो । उहाँले सरकारले आह्वान गरे बमोजिम ४ वटा ठेक्केदार कम्पनीले प्रस्ताव हालेकोमा भारतीय र चिनीयाँ कम्पनीमाथि छानबीन भइरहेको जानकारी गराउनु भयो ।

फाष्ट ट्रयाक निर्माणका लागि झण्डै ७ अर्ब लाग्नेमा चालु आर्थिक बर्षमा सरकारले जम्मा ७ करोड छुट्टाएको सचिव कडरियाले जानकारी गराउनु भयो । फाष्ट ट्रयाक निर्माणका लागि मुआव्जा मात्रै २ अर्ब लाग्ने मन्त्रालयले जनाएको छ ।
यसैबीच फाष्ट ट्रयाक निर्माणका सम्बन्धमा एक हप्ता भित्र प्रगति विवरणका बिषयमा समितिले भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छेदारलाई निर्देशन दिएको छ । फाष्ट ट्रयाक निर्माण सम्पन्न भएपछि राजधानी र काठमाण्डौबाट १ घण्टा १५ मिनेटमा तराई पुग्न सकिने छ ।

यसैबीच सार्वजानिक लेखाले लोडसेडिङ कम गर्न भइरहेका प्रयास पर्याप्त नभएको ठहर गर्दै हरेक महिना अनुगमन गर्ने भएको छ ।

बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्न्दर्भमा मिति २०६५।५।९ गतेको अन्नपूर्ण दैनिकमा प्रकाशित समाचार प्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

समाचारमा उल्लिखित "कोरियन दूतावासले सहयोग नगरेको" भन्ने भनाई यस मन्त्रालयबाट कुनै पनि अधिकारीले व्यक्त नगरेको व्यहोरा स्पष्ट गर्दछौं । साथै विमानस्थल निर्माण सम्बन्धी अन्तर मन्त्रालय समन्वय समितिको गठन धेरै अगाडि नै भइसकेको हुँदा हाल सो समिति गठन गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको भन्ने समाचार तथ्यहीन भएको व्यहोरा समेत स्पष्ट पार्दछौं ।

यस किसिमका सम्बेदनशील विषयमा मन्त्रालयका प्रवक्तासँग विषयवस्तुको सत्यता र तथ्यता बुझेर मात्र समाचार प्रकाशन गर्नु हुन सम्बद्ध सबैको ध्यानाकर्षण गराउँदछौं ।


(खडानन्द ढकाल)
उपसचिव
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes