Wednesday, June 10, 2009

गजल

जिउदै मलाई जलाएर आफुखुशी मर्यौ कीन ?
खुशी सबै रित्याएर आख़िर बसाई सर्यौ कीन ?

जिन्दगिको सागरमा संगै शयर गर्छु भन्थेऊ
किनारमा मलाई छाडी एक्लै नदी तरेऊ कीन ?

मेरो संसार तिमिनै हौ कहिल्यै धोका दिन्न भन्थेऊ
हासो खुसी सबै लुटी आख़िर घात गरेऊ कीन ?

गुलाफको फुल हु म प्रेमको प्रतीक भन्थेऊ
बसन्तको हरियालिमा पात बनी झरेउ कीन ?

5 comments:

Basanta said...

प्रल्हाद भाइ, रुपको हिसाबले गजल राम्रै छ (हुनत म पनि गजलको जानकार होईन), तर यसको निराश भावसंग सहमत हुन म सक्दिँन। भाइजस्तो नयाँ जमानाको नयाँ युवाले यस्तो वैरागी गजल लेख्नु राम्रो हुँदा पनि होईन।

"जिउदै मलाई जलाएर आफुखुशी मर्यौ कीन ?" मा विरोधाभाष देखिन्छ। त्यत्तिकै विरोधाभाष "बसन्तको हरियालिमा पात बनी झरेउ कीन ?" मा पनि देखिन्छ।

निरन्तरता दिऊँ। अरु पनि पढ्ने आशामा छु।

आकार said...

सायद गजल दु:ख को साथ बन्ने भएकोले पनि यस्ता कुराहरु गजलमा समेटिएका होलान् । निराशावादी नभएपनि, गजल लेख्ने भनेपछि प्राय: ले यस्तै सुत्र को प्रयोग गरेको पाएँ ।

अझै, लेख्दैजाउ है त !

wordflows said...

कसैले जति सुकै हामीलाई खुशी दिओस् हामी सोच्दैनौ तर तेहि मान्छे धोका दियो भने हामी मुर्मुरिन्छौ। तेस्ले मलाइ येस्तो गर्यो उस्तो गर्यो तर उस्ले हामीलाई दिएको खुसि हरु सबै बिर्सन्छौ। त्यो खुसि पनि त बिर्सिनु भएन नि होइन र?

अर्जुन दुङमेन् said...

समग्रमा गजल राम्रो छ ।

ash said...

tapai ta ramro gazal kar hunu hudo rahe6 ni.Keep it up.gazal dherai ramro 6a.tar kin yati dherai nirasha?gazal ma matra ho ki...........

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes