Sunday, June 14, 2009

गजल


By; keshav gautam

आँखामा छचल्किएको आँशु पिएर हाँस्नुको के अर्थ ?
सँधै दुखाउने असंख्य चोट बोकेर वाँच्नुको के अर्थ ?

त्यागलाई प्रेमको आदर्सबादी नाम भन्छन
छातिमा आगो सल्काएर नाच्नुको के अर्थ ?

खुशी सबै लुटिलगे तिम्रा कुटिल स्वार्थहरुले
उमङ्गनै रित्तिएपछि प्रेमलाई साँच्नुको के अर्थ ?

जताततै रित्तिएको जिउदो लास हु म
मेरो गला रेटन तिम्रो झुटको तरबार आर्चाप्नुको के अर्थ ?

1 comments:

कञ्चन साहित्य पाक्षीक said...

केशब जी;
के गर्नु अर्थ पत्ता लगाउनै साह्रै गाह्रो है? जे होस् गजल राम्रो लाग्यो ।

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes