यती लामो यात्रा पछी छुट्टीनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ
आँफैसित जिन्दगीमा लटिनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ
त्यो रमाइलो यात्रा अनी रंगिन जीवन रंगिन संसार भनेउ तर
मन भित्र मनैवाट चुटिनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ
प्रेम, हाँसो, खुशी र चारैतिर मेरै मात्र प्रतिबिम्ब देखायौ तर
आफ्नै छायाँ सँग आँफै मेटिनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ
संगै बिताउला जिन्दगानी संगै तरौँला त्यो लामो नदी भनेउ तर
बिछोडको कराइमा भुटिनु पर्छ भनिनौ तिमीले त्यसैले म आएँ



9:31:00 PM
Pralad S Timalsina
Posted in:
1 comments:
भोली के हुन्छ भन्ने कुरा कसलाई थाहा हुन्छ र ? प्रल्हाद जी
Post a Comment