आफै पनि खै अब त हराए झै लाग्छ
हृदय भित्र हृदय तिम्रो पुरानो झै लाग्छ
आँखै आघि तिम्रो तस्विर पोतिएर आए पनि
आँखा आँखा जोड्ने इच्छा सेलाए झै लाग्छ
विरहका गित सँगै आँशु तिम्रा पग्लेपनि
कोलाज गजल लेख्ने मुटु भत्किए झै लाग्छ
हृदय मन्दिर् हृदय सँगै वस्ने रहर पोखे पनि
हृदय-हृदय जोड्ने रहर ओइलाए झै लाग्छ



6:55:00 AM
Pralad S Timalsina
Posted in:
4 comments:
राम्रो गजल
"विरहका गित सँगै आँशु तिम्रा पग्लेपनि
कोलाज गजल लेख्ने मुटु भत्किए झै लाग्छ"
यो चै मलाइ मन पर्यो।
Dherai raamro gajala keep it up man
आफु कहिल्यै नहराउनु तिमी
हराई रहनु सधै त्यो राम्रो हैन।
कागले कान लग्यो भन्दैमा
कानै नछामी कराईरहनु राम्रो हैन।
फकाउनु फुलाउनु भुल्न खोज्ने मायालुलाई
माया गरे दुँगामा पनि प्राण भरिन्छ भन्छन
माया नै नबाडी हरेसको खोलो पिउनु हुन्न
धोका दिए दिओस निष्ठुरीले दह्रा किट्नु राम्रो हैन।
मिठो गजल लहै अझै राम्रो लेखौ ब्रो है त धन्यबाद।
great, keep it up !
Post a Comment